
सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर नेतृत्वको प्यानल जीत नजिक पुगेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश समेत रहेको सुदूरपश्चिममा उनी निकट बलायरको प्यानल जीत नजिक पुगेको हो । ००३ मत खसेकोमा ७०६ मत गणना भएको छ । बलायरसँग रामचन्द्र पौडेल पक्ष पक्षका नारायणदत्त मिश्रको मतान्तर २७८ पुगेको छ । बलायरको ४८१ र मिश्रको २०३ मत रहेको छ। पदाधिकारीमा पनि बलायरको प्यानल नै अग्रता लिएको छ ।
उपसभापतिमा जनकराज चौधरी र लोगराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ।
प्रतिक्रिया