
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका पुनः निर्वाचन हुने भएको छ ।
तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि आज पुनः मतदान हुने भएको हो । आज बिहान साढे एघार बजेपछि पुनः मतदान गर्ने तयारी भइरहेको निर्वाचन मण्डलका एक सदस्यले जानकारी दिए ।
पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याउनसभएको छ । यस्तै जगदिश्वरनरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत पाउनुभएको छ । आज दोस्रो चरणमा हुने निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका बानियाँ र केसीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया