Pura Samachar

सुदूरपश्चिम प्रदेश काँग्रेस सभापतिमा पूर्वमन्त्री बलायर प्यानलसहित निर्वाचित

प्रकाशित: December 5, 2021
पूरा समाचार

सुदूरपश्चिम प्रदेश काँग्रेस सभापतिमा पूर्वमन्त्री बलायर प्यानलसहित निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर निर्वाचित हुनुभएको छ ।

संस्थापन समूहबाट उम्मेदवार बन्नुभएका बलायर फराकिलो मतान्तरले विजयी हुनुभएको हो । पदाधिकारीमा बलायरको प्यानल नै विजयी भएको छ ।

नेता बलायरले ६ सय ८८ मत पाउनुभएको छ । पौडेल पक्षका उम्मेदवार नारायणदत्त मिश्रले २ सय ८० मत मात्र ल्याउनुभएको छ ।

उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी विजयी हुनुभएको छ । यस्तै महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का तथा सहमहामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी भएका छन्

प्रतिक्रिया