
काठमाडाैँ । आज २०७८ मंसिर २० गते (सोमबार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै ति प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
यसरी नै राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा प्रदेश १, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
विभागले भनेकाे छ- बिहानको समयमा पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा लागेको हुस्सु/कुहिरो दिउँसोतिर क्रमिक रूपमा सुधार हुँदै जाने र कर्णाली, सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा
प्रतिक्रिया