
जनकपुरधाम । नेपाली कांग्रेसकाे प्रदेश अधिवेशन अन्तर्गत प्रदेश–२ काे अधिवेशन स्थगित भएको छ ।
सोमबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रदेश २ को निर्वाचन संयोजक रमेश रिजालले तत्काल प्रदेश २ को अधिवेशन स्थगित भएको बताउनुभएकाे हाे ।
“परिस्थिति काबुभन्दा बाहिर गएको हुनाले सहमतिमा प्रदेश अधिवेशन स्थगित गरिएको छ । छिट्टै महाधिवेशनपछि कार्य समितिको निर्वाचन हुन्छ,” उहाँले भन्नुभयाे ।
केन्द्रीय महाधिवेशनपछि अधिवेशन हुने बताइए पनि यकिन मिति कहिले हाे भन्ने खुलाइएकाे छैन । प्रदेशकाे तीन जिल्लाबाट मतदाता नामावली नआएका कारण प्रदेश अधिवेशन स्थगित भएको उहाँले जानकारी दिनुभयाे ।
सर्लाही, महोत्तरी र बाराका एक–एक निर्वाचत क्षेत्रबाट मतदनाता नामावली आउन नसकेको रिजालले जानकारी दिनुभयाे । बाँकी रहेका जिल्लाको सबै काम दुई/तीन दिनमा टुङ्गिने उहाँकाे दाबी छ ।
प्रतिक्रिया