Pura Samachar

संसदीय सुनुवाइ समितिद्वारा तीन देशका लागि प्रस्तावित नेपाली राजदूतको नाम अनुमाेदन

प्रकाशित: December 7, 2021
पूरा समाचार

संसदीय सुनुवाइ समितिद्वारा तीन देशका लागि प्रस्तावित नेपाली राजदूतको नाम अनुमाेदन

काठमाडौं। संघीय संसद संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको आजको बैठकमा भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उहाँहरुका नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया