
काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरी रहनुभएका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोल्नुभएकाे छ ।
साेमवार बिहान एक कार्यक्रम गर्दै उहाँले सम्पर्क कार्यालय सुरूवात गर्नुभएकाे हाे ।
सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर उहाँले सम्पर्क कार्यालय खोल्नुभएकाे हाे । यही कार्यालयबाट अब सिंहले नेता तथा कार्यकर्तालाई भेटघाट गर्ने उहाँको सचिवालयले जनाएको छ।
सिंहले सभापति पदमा आफू नेचुरल उम्मेदवार भएको केही दिन अघि नै घाेषणा गरिसक्नुभएकाे छ ।
‘मैले आज सम्पर्क कार्यालय खोलेँ, यसबाट तपाईंहरूले बुझ्नुपर्छ मेरो तयारी के छ,’ सिंहले भन्नुभयाे, ‘सहमतिबाटै हाम्रो पक्षबाट एक जना मात्रै उम्मेदवार तय गर्न आज पनि चाक्सीबारीमा दिउँसो १ बजे बैठक छ।’
प्रतिक्रिया