Pura Samachar

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै ओलीलाई बारको ज्ञापनपत्र

प्रकाशित: December 7, 2021

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै ओलीलाई बारको ज्ञापनपत्र

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न नेपाल बार एसोसिएसनले एमाले अध्यक्ष केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । भक्तपुरको बालकोटस्थित ओली निवासमा मंगलबार पुगेका बारका प्रतिनिधिले जबरामाथि विभिन्न १७ वटा आरोप लगाउँदै महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा जबरामाथि कार्यपालिकासँग साँठगाँठ गरेर भागबण्डा खोजेको, न्याय प्रदानमा अवरोध सृजना गरेको १७ वटा आरोप लगाइएको छ । बारले यसअघि विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई सोही ज्ञापनपत्र बुझाएको थियो । जबराको राजीनामा माग्दै निरन्तर बार आन्दोलनमा रहेको छ ।

प्रतिक्रिया