Pura Samachar

महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक सूची सार्वजनिक

प्रकाशित: December 8, 2021
पूरा समाचार

महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक सूची सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ पार्टीको वेबसाइटमा प्रतिनिधि सूची प्रकाशित गरेको हो । हालसम्म चार हजार ३१९ महाधिवेशन प्रतिनिधिहरूको सूची सार्वजनिक भएको निर्वाचन समितिले जनाएको छ ।

सूचीमा भातृसंस्था, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट आउने महाधिवेशन प्रतिनिधिहरूको संख्या उल्लेख गरिएको छैन । त्यसैले यो सूचीमा अझै थप हुने समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया