Pura Samachar

ए डिभिजन लिग: पुलिस रोकियो, मच्छिन्द्रको दोस्रो जित

प्रकाशित: मंसिर २३, २०७८
पूरा समाचार

ए डिभिजन लिग: पुलिस रोकियो, मच्छिन्द्रको दोस्रो जित

ए डिभिजन लिग: पुलिस रोकियो, मच्छिन्द्रको दोस्रो जित
सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरण अन्तर्गत नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेलेका छन्।

बुधबार दुई टोलीले १-१ गोलको बराबरी खेलेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शेर्पाका कप्तान विश्वास श्रेष्ठले खेलको दोस्रो मिनेटमै गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

तर ६०अौं मिनेटमा रवि पासवानले मैदानको दायाँ फ्ल्यान्कबाट गरेको क्रसमा सुन्दर फिनिस गर्दै सुमन लामाले पुलिसका लागि बराबरी गरेका थिए।

यस्तै आजको दोस्रो खेलमा साविक विजेता मच्छिन्द्रले जावलाखेललाई २-० गोलले हरायो। खेलमा आत्मघाती गोलको सहयोगमा मच्छिन्द्रले अग्रता बनायो। खेलको १४अौं मिनेटमा जावलाखेलका राइट ब्याक सिमन्त थापाले आफ्नै पोस्टमा गोल गरेका थिए।

यस्तै २२अौं मिनेटमा रञ्जित धिमालले निकै अप्ठेरो स्थानबाट सिधै फ्रि-किक गोल गरेपछि साविक विजेता २-० गोलले अघि रह्यो। त्यसपछि दुबै टोलीबाट गोल हुन् सकेन।

यस् जितसँगै ३ खेलबाट ७ अंक बटुल्न सफल मच्छिन्द्र तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शिर्ष स्थानको सातदोबाटोको र तेस्रो स्थानको मनाङको पनि ७ अंक रहेपनि गोल भिन्नताका आधारमा उक्त स्थानमा रहेका हुन्।
यस्तै आज बराबरी गर्न सफल पुलिस ५ अंकका साथ पाँचौ स्थानमा रहेको छ। हालसम्म शतप्रतिशत हार बेहोरेको जावलाखेल शुन्य अंकका साथ रेलिगेसन जोनमा रहेको छ।
आज सम्पन्न खेलहरु, तेस्रो चरणका अन्तिम दुई खेल थिए। अब चौथो चरण मङ्सिर २४ गते (शुक्रबार) बाट सुरु हुनेछ।

प्रतिक्रिया