Pura Samachar

महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

प्रकाशित: December 9, 2021
पूरा समाचार

महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बैठक बोलाइएको छ ।
बस्ने भएको छ ।

भोलि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनकाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ ।

प्रतिक्रिया