
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर गरिएको ८ हजार १८ पीसीआर र १ हजार ४३३ जनाको एन्टीजेन परीक्षणका क्रममा २११ जनामा संक्रमण पुष्टि भएको हाे ।
पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार २५५ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार १०५ जना सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३२९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ५ हजार नाै सय पुगेको छ।
मन्त्रालयले दिएकाे जानकारी अनुसार साेही अवधिमा २ जना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ। हाल ९७ जना क्वारेन्टाइनमा छन्। १२१ जना आइसीयू र ३० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ३ लाख ३७ हजार १७२ जनाले कोरोना विरुद्धको खोप लगाएकाे मन्त्रालयकाे विज्ञप्तिमा जनाइएकाे छ ।
प्रतिक्रिया