Pura Samachar

मतदानका लागि एकजना मतदातालाई २ घण्टा बढी समय लाग्ने अनुमान

प्रकाशित: December 10, 2021
पूरा समाचार

मतदानका लागि एकजना मतदातालाई २ घण्टा बढी समय लाग्ने अनुमान

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ।

यो महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय समिति चयन गर्नेछ। महाधिवेशनले १३ पदाधिकारीसहित एक सय ३४ सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्नेछ। नयाँ नेतृत्व छान्न मंसिर २७ गते मतदान हुने तालिका छ। तीन स्थानमा हुने मतदानका लागि ११ सय वटा बुथको व्यवस्था गरिएको छ।

राष्ट्रिय सभा गृहमा २ सय ९३, भृकुटीमण्डपको ग्राउन्डमा २ सय ९३ र भृकुटीमण्डपको हलमा ५ सय १४ वटा बुथ रहनेछन्। निर्वाचन बिहान ८ बजेदेखि सुरु गर्ने तालिका छ। मतदानका लागि २९ वटा मतपत्र छन्। मतदान गर्न एउटा मतदातालाई अधिकतम २ घण्टा २७ मिनेट लाग्न सक्ने अनुमान गरिएको छ। औसतमा एक जना मतदाताले एक घण्टा १५ मिनेटदेखि एक घण्टा ३० मिनेटसम्म लगाउन सक्ने आँकलन गरिएको छ।

मतदानलगत्तै राष्ट्रिय सभा गृहको हलमा सभापतिको मतगणना हुनेछ भने बाँकी पदको मत गणना मंसिर २८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा गर्ने तयारी छ। निर्वाचनको सम्पूर्ण परिणाम आउन बढीमा पुस २० सम्म लाग्ने जनाइएको छ।

प्रतिक्रिया