
काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।
आज राती प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
प्रतिक्रिया