
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्नुहुने भएको छ ।
सिंहले शनिबार बिहान ८ बबजे सिंहदरबारस्थित स्काइ बैंकेटमा रहेको सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्नुहुने उहाँको सचिवालयले जनाएको छ ।
संस्थापनइतरले सभापतिमा साझा उम्मेदवारको कसरत गरे पनि योजना सफल हुन सकेको छैन । हालको समीकरण अनुसार इतर समूहबाट सिंह र शेखर कोइराला चुनावी मैदानी उत्रिने देखिन्छ ।
संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा पुनः सभापतिका उम्मेदवार बन्नुहुने भएको छ । कोइरालाले सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान थालिसक्नुभएको छ ।
प्रतिक्रिया