Pura Samachar

सामान्यतया माैसम सफा रहने, हिमाली तथा उच्च पहाडी भेगमा हिमपात र चिसाे बढ्ने क्रम जारी

प्रकाशित: December 11, 2021
पूरा समाचार

सामान्यतया माैसम सफा रहने, हिमाली तथा उच्च पहाडी भेगमा हिमपात र चिसाे बढ्ने क्रम जारी

काठमाडौं । शनिवार देशभर सामान्यतया माैसम सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ

प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाकाे भनाइ छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रही हल्का हिमपात हुने महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ।

केही दिनदेखि काठमाडाैं उपत्यकालगायत देशका अधिकांश भाग चिसाे बढ्ने क्रम जारी रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले सबैमा अनुराेध पनि गरेकाे छ ।

प्रतिक्रिया