
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्न असफल भएको छ ।
समूहबाट साझा उम्मेदवार तय गर्न अनुपम फुडल्याण्डमा शुक्रवार साँझ बसेको बैठकमा सहमति जुट्न नसकेको हो ।
बैठकमा सहभागी महामन्त्री डा शशांक कोइरालाले प्रयास जारी रहेपनि अहिलेसम्म सहमति जुट्न नसकेको बताउनुभयो ।
संस्थापन समूहबाट वर्तमान सभापति शेरबहादुर देउवा नै सभापतिका एक्ला दावेदार देखिएपनि इतर पक्षबाट भने धेरै आकांक्षी छन् ।
इतर समूहबाट वरिष्ठ नेता पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला आकांक्षीका रुपमा रहनुभएको छ ।
प्रतिक्रिया