Pura Samachar

एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिग-२०७८ मा पहिलो जित,मनाङ मर्स्याङ्दी क्लब शीर्षस्थानमा

प्रकाशित: December 12, 2021
पूरा समाचार

एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिग-२०७८ मा पहिलो जित,मनाङ मर्स्याङ्दी क्लब शीर्षस्थानमा

काठमाडौँ- विदेशी खेलाडी स्टेफन समिरको निर्णायक गोलमा न्युरोड टिम एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिग-२०७८ मा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा एनआरटीले नव प्रवेशी सातदोबाटो युथ क्लबलाई १–० अन्तरले पराजित गरेको हो ।

मेसुके ओलोउमोउले मिलाएको पासलाई ४५ मिनेटमा समीरले सदुपयोग गर्दै बक्सभित्रबाट सहज गोल गरे । बाँकी समय दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

पहिलो जितपछि चार खेलबाट ५ अंक बनाउँदै एनआरटी सातौं स्थानमा उक्लिएको छ । यता, अपराजित यात्रामा पूर्ण बिराम लागेको सातदोबाटो चार खेलबाट ७ अंक बनाउँदै तेस्रो स्थानमा यथावत छ ।

पराजित भएसँगै सातदोबाटो शीर्षस्थानमा उक्लन असफल भयो । चार खेबलाट १० अंक बनाएको मनाङ मर्स्याङ्दी क्लब शीर्षस्थानमा छ ।

प्रतिक्रिया