
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आइतबार बिहान पुनः बस्दैछ। बैठक बिहान ११ बजे भक्तपुरको गठ्ठाघरमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।
शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीमा १५ एजेण्डा छन् । पहिलो दिनको बैठकमा शपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराइएको थियो भने पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको थियो ।
त्यस्तै, आगामी २३ पुसमा जिल्ला अधिवेशन एकै साथ र ८ माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकैसाथ निर्देशन दिइएको छ ।
बैठकले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने र प्रदेशमा रिक्त रहेका पदाधिकारीहरू मनोनित गर्नेछ । बैठक सञ्चालन कार्यविधि बनाउने बैठकका एजेण्डा छन् ।
प्रतिक्रिया