Pura Samachar

सन्दीप यसपटक पनि पीएसएल टिमको रोजाईमा परेनन्

प्रकाशित: December 13, 2021
पूरा समाचार

सन्दीप यसपटक पनि पीएसएल टिमको रोजाईमा परेनन्

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०२२ को पाकिस्तान सुपर लिग (पिएसएल) मा छनोट हुन सकेनन्।

गत सिजन जस्तै सन्दीप यसपटक पनि पीएसएल टिमको रोजाईमा परेनन्। सन्दीपले लिगको प्लाटिनम ‘गोल्ड’ श्रेणीमा नाम दर्ता गराएका थिए जसको मूल्य १ लाख ३० हजार डलर थियो।

सन् २०१९ को सिजनमा राम्रो प्रदर्शन गरेता पनि त्यसपछिको सिजनमा भने सन्दिप पीएसएल खेलेका छैनन्।

गत सिजन उनले लाहोर कलन्दर्सका लेग स्पिनर राशिद खानको स्थानमा खेल्ने मौका पाएता पनि कोभिड-१९ का कारण प्रतियोगिता स्थगित हुँदा पाकिस्तान पुगेर खेलनै नखेली सन्दिप घर फर्कनुपरेको थियो। रासिदलाई लाहोरले रिटेन गरको छ।

लामिछानेसहित बिनोद भण्डारी, सुबास खकुरेल, शरद भेसावकर, सोमपाल कामी, बसन्त रेग्मी, सुशन भारि, शाहब आलम, ललित राजबंशी, पवन सर्राफ र बिक्रम सोबले पनि ड्राफ्टमा नाम दर्ता गराएका थिए।

विकेटकिपर विनोद भण्डारी गोल्ड क्याटेगोरीमा रहेका छन् ।

त्यसैगरी, सिल्भर क्याटेगोरीमा सुशन भारी, सोमपाल कामी, साहब आलम, शरद भेषावकर, सुवास खकुरेल, ललित नारायण राजवंशी, पवन सर्राफ, वसन्त रेग्मी र विक्रम सोब छन् ।

ड्राफ्टमा ३ सय ५६ विदेशी खेलाडी छन्।

प्रतिक्रिया