Pura Samachar

एमसीसीको विरोधमा २६ दलीय मोर्चाले नेपालस्थित कार्यालय घेराउ गर्ने

प्रकाशित: December 13, 2021
पूरा समाचार

एमसीसीको विरोधमा २६ दलीय मोर्चाले नेपालस्थित कार्यालय घेराउ गर्ने

काठमाडौं । एमसीसीविरुद्ध संघर्षमा उत्रिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले एमसीसी नेपालको कार्यालय घेराउ गर्ने भएको छ ।

मोर्चाले सोमबार दरवारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीसी नेपालको कार्यालय घेराउ गर्ने भएको हो । मोर्चाका अनुसार सोमबार मध्यान्ह १२ बजे एमसीसीको कार्यालय घेराउ गर्ने कार्यक्रम छ । नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।

यसैबीच भोलि मंगलवारबाट शुरु हुने संसद बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव लैजाने सरकारको तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया