
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाकिधवेशनमा भएको मतदानमा अहिलेसम्ब ६०० मत खसेको छ । झन्डै ४ घण्टा ढिलो गरी शुरु भएको मतदानमा अहिलेसम्म ६०० मत खसेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
नेपाली कांग्रेसको महाधिवेशनका लागि सोमबार भइरहेको मतदान अन्तर्गत साढे २ बजेसम्म ६ सय मत खसेको छ ।
निर्धारित समयभन्दा साढे तीन घन्टा ढिलो गरि सुरू भएको मतदान गर्न एक जनालाई करिब एक घण्टासम्म लागेको छ ।
एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ ।
महाधिवेशनमा ४७४३ जना प्रतिनिधि छन् । एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब १ घन्टा लाग्ने गरेको छ। २९ मतपत्रमा मत दिनुपर्ने भएकोले समय लागेको हो ।
निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार मतदानका लागि भृकुटीमण्डपमा दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि ४८० जनाभन्दा बढीले उम्मेदवारी दिएका छन् ।
सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुँदैछ । ४ हजार ७ सय २३ जना महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयन गर्ने छन् ।
प्रतिक्रिया