Pura Samachar

१४ औं महाधिवेशन अन्तर्गत सोमबार अपरान्ह ४ बजेसम्म १४ सय जनाले मतदान गरे

प्रकाशित: December 13, 2021
पूरा समाचार

१४ औं महाधिवेशन अन्तर्गत सोमबार अपरान्ह ४ बजेसम्म १४ सय जनाले मतदान गरे

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार अपरान्ह ४ बजेसम्म १४ सय जनाले मतदान गरेका छन् ।

भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहका एक गरी तीन मतदान केन्द्रमा गरी १४ सय जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य चयनका लागि सोमबार करिब साढे ११ बजे मतदान शुरु भएको थियो ।

देशभर र प्रवासबाट आएकासमेत गरी ४७२३ जना महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

प्रतिक्रिया