Pura Samachar

नागालैंडमा स्थिति अझै अशान्ति

प्रकाशित: December 13, 2021
पूरा समाचार

नागालैंडमा स्थिति अझै अशान्ति

डा. हरिमोहन पोखरेल

कोहिमा / दिसंबर महिनाको चार तारिखको दिन असम राइफल द्वारा पंद्रह जाना निर्दोष नागरिकको माथि गोली चलाएर हत्या भएको पश्चात राज्यमा भने अझै सम्म अशान्तिको वातावरण रहेको समाचार प्रान्त भएको छ ।
प्राप्त समाचार अनुसार राज्यमा भने कहिले विद्यार्थी संगठन भने कहिले गाॅउबुढा एसोसिएसन द्वारा राज्यबाट डिस्टर्ब एरिया स्टेटस र आर्म फोर्स स्पेशल पावर एक्टको निष्कासित गर्नका लागि धर्ना र प्रदर्शन भने निरंतर रूपमा चली नै रहेको छ भने सरकारले पनि राज्यबाट सो कानुनको निष्कासनको लागि निरंतर केन्द्र सरकार संग ज्ञापनपत्र पठाएको कुरा पनि प्रकाशमा आएको छ ।त्यसैले गर्दा राज्यको स्थितिमा सुधार भए तापनि आन्तरिक रूपमा अशान्ति नै रहेको समाचार प्राप्त भएको छ ।
राज्यको विभिन्न जग्गामा प्रेसले गरेको सर्वेक्षणले पनि यो पत्तो पाएको छ कि मानिसहरूमा भने भयको वातावरण भने नरहेको होइन ।फेरि पनि मानिसहरू मूकदर्शक भएको कुरा जान्न पाइन्छ ।आगामी एकतीस दिसंबर सम्म राज्यमा भने यस्तै वातावरण रहने छ ।
स्मरण रहोस् आगामी एकतीस दिसंबरमा राज्यबाट छह महिनाको अवधि भएको डिस्टर्ब एरिया स्टेटको म्याद भने पूरा हुदै छ भने केन्द्रीय सरकारले यो म्याद बढाउछ कि बढाउदैन भन्ने प्रश्न चिन्ह नै बनेर रहेको छ ।

प्रतिक्रिया