काठमाडौं । निर्धारित स्थायी कमिटी बैठकलाई स्थगित गरेका प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमै आफ्नो पक्षकालाई बोलाएर छलफल गरेका छन् ।
मंगलबार ओलीले बैठक स्थगति गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले स्थायी कमिटी गरेर ओलीले अनुचित काम गरेको निष्कर्ष निकालेको थियो ।
उनले बालुवाटारमै स्थायी कमिटीलाई पन्छाएर गुटको भेला गरेका हुन् । गुटको भेला सकेर उनी अहिले वामदेव निवास भैंसेपाटी पुगेका छन् ।
वामदेवले ओली नै प्रधानमन्त्री भन्दै ६ बुँदे प्रस्ताव ल्याएका थिए । उक्त प्रस्तावमा चित्त बुझेपछि ओली मंगलबार राति भैंसेपाटी पुगेका हुन् ।
यसअघि ओलीलाई आफूसँग बहुमत रहेको सन्देह दाहाल-नेपाल समूहले दिएको थियो ।
प्रतिक्रिया