Pura Samachar

पहिलो टी-२० मा पाकिस्तान विजयी

प्रकाशित: December 14, 2021
पूरा समाचार

पहिलो टी-२० मा पाकिस्तान विजयी

एजेन्सी– पाकिस्तानले पहिलो टी–२० क्रिकेट खेलमा वेस्टइन्डिजलाई पराजित गरेको छ । घरेलु मैदान कराँचीमा ६३ रनको जितसँगै पाकिस्तानले तीन टी-२० को शृंखलामा १-० को अग्रता बनाएको हो ।

२०१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९ ओभरमा १३७ रनमा अल आउट भयो । वेस्टइन्डिजका ओपनर शाई होपले सर्वाधिक ३१ रन बनाए । ओडियन स्मिथले २४ रनको योगदान दिए ।

पाकिस्तानका बलर मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । यस्तै शादब खानले ३ विकेट लिए ।

यसअघि कराँचीमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएको थियो ।

पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ७८ रन बनाए । यस्तै हैदर अलीले ६८ रनको योगदान दिए । वेस्टइन्डिजका रोमारियो शेफर्डले २ विकेट लिए । अब, दोस्रो खेल आज मंगलबार साँझ ६:४५ बजेदेखि प्रारम्भ हुनेछ ।

प्रतिक्रिया