Pura Samachar

शेरबहादुर देउवालाई समर्थन गर्न प्रकाशमान सिंह कसरी राजी भए ?

प्रकाशित: December 14, 2021
पूरा समाचार

शेरबहादुर देउवालाई समर्थन गर्न प्रकाशमान सिंह कसरी राजी भए ?

काठमाडौं । काँग्रेस सभापतिमा शेरबहादुर देउवाविरुद्ध लड्नुभएका प्रकाशमान सिंहले दोस्रो चरणमा देउवालाई समर्थन गर्नुहुने भएको छ ।

विधान संशोधनदेखि कार्यशैली सुधारको प्रतिबद्धतापछि देउवालाई आफूले समर्थन गरेको नेता सिंहले बताउनुभएको छ ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा जाने क्रममा सिंहले देउवालाई समर्थन गर्ने निर्णय गर्नुभएको हो ।

सिंह निवास चाक्सीबारीमा मंगलबार बिहान पुग्नुभएका देउवाले विधान संशोधन गर्न, कमीकमजोरी सच्याउन, कार्यशैली सुधार गर्ने प्रतिबद्धता जनाएपछि आफ्नो प्यानललाई उनलाई समर्थन गर्ने निर्णय गरेको सिंहले जानकारी दिनुभयो ।

देउवालाई सिंह पक्षका सुजाता कोइरालासहितले समेत समर्थन गर्ने भएको हो । सिंहको समर्थनसँगै देउवा सभापतिमा निर्वाचित हुने सम्भावनालाई बलियो बनाएको छ ।

पहिलो चरणमा देउवाले २२५८, शेखर कोइलालो १७०२, प्रकाशमान सिंहको ३७१, विमलेन्द्र निधिको २५० र कल्याण गुरुङले २२ मत ल्याउनुभएको थियो । निर्वाचनमा कुल मत ४६७९ मत खसेको थियो भने ७६ बदर भएको थियो ।

प्रतिक्रिया