
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
सभामुख अग्नीप्रसाद सापकोटाले संसदको अर्को बैठक ६ गते मंगलवार दिउँसो १ बजे बस्ने गरि स्थगित हुनुभएको हो । राष्ट्रपति कार्यालयबाट संसदको १०औँ अधिवेशन सुरु भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेलगत्तै एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी शुरु गरेका थिए ।
सभामुख सापकोटाले ज्ञात अज्ञात सहिदको सम्मानका लागि मौनधारण गर्ने बताएपछि नाराबाजी रोकेर एमाले सांसदले पनि मौनधारण गरेका थिए ।
एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।
मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरुले नाराबाजी गरेका हुन् ।
नाराबाजीकै बीच सभामुखले संसद्को कारबाही अघि बढाउनुभएको थियो । त्यसक्रममा केही विधेयकहरु समेत पेश भएका छन् । उता राष्ट्रिय सभाको बैठक पनि पुष ५ गते सोमवार बस्ने गरि स्थगित भएको छ ।
प्रतिक्रिया