
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदमा एमसीसी प्रस्तावमा बाधक नबन्ने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले सर्वदलीय–सर्वपक्षीय सहमति गरेर एमसीसीलाई अघि बढाउने निर्णय गरेको हो । बैठकमा सांसदहरुले एमसीसीबारे अध्यक्ष पुष्पकमल दाहालसँग जिज्ञासा राखेका थिए । जवाफमा दाहालले सर्वदलीय सर्वपक्षीय सहमतिपछि मात्रै अघि बढ्ने बताउनुभएको हो ।
बैठकले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय पनि गरेको छ ।
आजको बैठकमा अध्यक्ष दाहालकै नेतृत्वमा २१ सदस्यीय संसदीय बोर्ड पनि गठन गरेको छ ।
प्रतिक्रिया