
डा. हरिमोहन पोखरेल
कोहिमा/नागालैंड राज्यमा पनि फेरि कोरोनाको तेर्सो लहर आउने आशंका रहेको खबरले सरकारले निकै कडा कदम र सावधानी आमा जनताले व्यवहारमा उघार्नु पर्ने कुरा पनि जनाएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार आजभोली नागालैंड राज्यमा विशेष गरि क्रिसमसको चाड परेको गर्दा पनि प्रत्येक मानिसहरूले माॅकस निरंतर चलाउनुपर्ने एवं सामाजिक दूरी पनि मान्नुपर्ने र सेनिटाइजरको प्रयोग गर्नु पर्ने कुरा पनि जनाएको छ ।
आजको स्थितिमा भने राज्यमा संक्रमण कम नै रहेको तर आमा जनतामा भने लापरबाहीले गर्दा पनि फेरि राज्यमा लोकडाउन हुने स्थिति सम्म देखा नपरेको होइन ।
राज्यका विभिन्न संचार माध्यमहरूले गरेको सर्वेक्षणले पनि यही बताउछ कि आम जनताले भने धेरै भन्दा धेरै सतर्कतालाई अपनाउनुपर्ने र तीनवटा आसान कदमहरू जीवनमा उतारने गरे शायद नै पनि तेस्रो लहरको सामना गर्नु नपर्ला कि –भन्ने कुरा प्रकाशमा आएको छ ।फेरि पनि मानिसहरू भित्र भयको वातावरण नभएको होइन भन्दा फरक नपर्ला ।
हेर्दै जाऔ सरकार तेस्रो लहरलाई लिएर कतिको सजग हुन्छ त्यो त आउने भविष्य नै बताउला ।तब सम्म त इंतजार गर्नु नै पर्यो
प्रतिक्रिया