Pura Samachar

देशका अधिकांश भागमा सामान्य बदली रही उच्च हिमाली भेगमा हल्का हिमपात हुने

प्रकाशित: December 15, 2021

देशका अधिकांश भागमा सामान्य बदली रही उच्च हिमाली भेगमा हल्का हिमपात हुने

काठमाडाैं । बुधवार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश र बाँकी पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्यतया बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाकाे भनाइ छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रही हल्का हिमपात हुने महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ।

केही दिनदेखि काठमाडाैं उपत्यकालगायत देशका अधिकांश भाग चिसाे बढ्ने क्रम जारी रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले सबैमा अनुराेध पनि गरेकाे छ ।

प्रतिक्रिया