
काठमाडौं । प्रदेश नम्बर २ को प्रदेशसभा बैठक बस्दै छ । प्रदेश २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशन आज बिहान ११ बजेको लागि आह्वान गरेका छन् ।
आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौँ अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने नेपालको प्रदेशसभा सचिवालयले जनाएको छ । यस्तै, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ ।
तर, नेपाली कांग्रेसको १४औँ महाधिवेशन लम्बिएका कारण कांग्रेसका प्रदेशसभा सदस्य महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना छ ।
प्रतिक्रिया