Pura Samachar

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना अपरान्ह ४ : ३० देखि शुरू गरिदै

प्रकाशित: December 15, 2021
पूरा समाचार

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना अपरान्ह ४ : ३० देखि शुरू गरिदै

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मतगणना बुधबार अपराह्न साढे ४ बजेदेखि हुने भएको छ । निर्वाचन समिति सदस्य अधिवक्ता केशव रिजालले मतगणना साढे चारदेखि शुरू हुने बताउनुभएकाे हाे ।

पार्टीका नेतासहितको बैठकले बुधबार नै मतगणना शुरु गर्ने निर्णय गरेको उहाँका भनाइ छ ।

‘बैठकले साढे ४ बजेदेखि पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना गर्ने निर्णय गरेको छ’, रिजालले भन्नुभयाे ।

पार्टी सभापतिका लागि दोस्रो चरणमा भएको मतदानबाट शेरबहादुर देउवा निर्वाचित भइसक्नुभएकाे छ भने पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना बाँकी छ ।

प्रतिक्रिया