Pura Samachar

रक्षामन्त्री रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

प्रकाशित: December 16, 2021
पूरा समाचार

रक्षामन्त्री रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा पराजय भएसँगै डा.मिनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिएका छन्।

महामन्त्रीमा पराजय भएपछि रक्षामन्त्रीमा रहिरहनु नैतिक रुपमा उपयुक्त नभएको भन्दै उनले राजीनामा दिएको जनाएका छन्।उनले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएका छन्।

मत गणनाको प्रारम्भिक नतिजामा आफू पछि परेसँगै उनले राजीनामा दिने घोषणा गरेका थिए। बिहीबार दिउँसो आएको अन्तिम मत परिणाम अनुसार कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया