
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभर गरिएको ७ हजार २३० पीसीआर र ३ हजार ७८८ जनाको एन्टीजेन परीक्षणका क्रममा १८४ जनामा संक्रमण पुष्टि भएको हाे ।
पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २१ हजार ७३ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ५२६ सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २६७ जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ८३ पुगेको छ।
साेही अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ।
हाल ९६ संक्रमित क्वारेन्टाइनमा, १११ जना आइसीयू र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया