Pura Samachar

तीन सहमहामन्त्री पदको मतगणना आजै हुने

प्रकाशित: December 16, 2021
पूरा समाचार

तीन सहमहामन्त्री पदको मतगणना आजै हुने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीवार साँझ तीन सहमहामन्त्री पदको मतगणना हुने भएको छ ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना हुन लागेको छ ।

त्यसका लागि सबै तयारी पूरा भएको र केही बेरमा मतगणना हुने श्रेष्ठले जानकारी दिनुभयाे । अरु ५ सहमहामन्त्रीको मतगणना भने भाेलि (शुक्रबार) हुने उहाँकाे भनाइ छ ।

प्रतिक्रिया