Pura Samachar

लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी

प्रकाशित: December 17, 2021
पूरा समाचार

लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी

भैरहवा । लुम्बिनी विकास कोष परिसरमा रहेको लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी भएको छ ।

बिहीबार राति आगलागी हुँदा १० वटा माला तथा गिफ्ट पसल, रेष्टुरेण्ट, फेन्सी पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

स्थानीयका अनुसार राति २ बजे आगलागी सुरु भएको थियो । आगो नियन्त्रणका लागि लुम्बिनी सांस्कृतिक नागरपालिकाको बारुण यन्त्रलाई खबर गरेपनि दमकल नआएको बताइएको छ । पछि सिद्धार्थनगर नगरपालिकाको दमकल आएर आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया