Pura Samachar

सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार

प्रकाशित: December 17, 2021
पूरा समाचार

सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार पुगेको छ। सुन अघिल्लो दिन प्रतितोला ९३ हजार मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ५०० कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला ९२ हजार ५०० तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ।

प्रतिक्रिया