Pura Samachar

फेरिए एमालेका कार्यालय सचिव

प्रकाशित: December 17, 2021
पूरा समाचार

फेरिए एमालेका कार्यालय सचिव

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा. भीष्म अधिकारीले आज पदभार ग्रहण गरेका छन्।

शुक्रबार नवनियुक्त कार्यालय सचिव अधिकारीलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गरेका हुन्।

यसअघि कार्यालय सचिवमा शेरबहादुर तामाङ रहेका थिए । तत्कालीन नेकपा विभाजनपछि एमाले आफ्नो कित्तामा उभिएपछि तामाङलाई कार्यालय सचिवको जिम्मेवारी दिइएको थियो ।
डा. अधिकारीलाई यही मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया