Pura Samachar

थारूतर्फको सहमहामन्त्रीमा उमाकान्त सहमहामन्त्रीमा निर्वाचित

प्रकाशित: December 17, 2021
पूरा समाचार

थारूतर्फको सहमहामन्त्रीमा उमाकान्त सहमहामन्त्रीमा निर्वाचित

नेपाली काँग्रेसको थारूतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षका उमाकान्त चौधरी निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भएको मतगणनाको मतपरिणामअनुसार शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गरी उमाकान्त सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।
उमाकान्तले २५५६ मत ल्याएका छन् भने तेजुलालले १८७७ मत पनएका छन् । काँग्रेस नेता कृष्णप्रसाद सिटौला निकट उमाकान्त देउवा समूहबाट उम्मेदवार बनेर विजयी भएका हुन् । उनी वर्तमान खानेपानीमन्त्री हुन् ।

प्रतिक्रिया