
डा. हरिमोहन पोखरेल
कोहिमा /गतः चार /पाॅच दिसंबरको दिन मोन जिल्लाको ओटिङ गाउँमा भारतीय सेना द्वारा चौदह जना आम नागरिकको ज्यान लिएको घटनाको विरोधमा आज नागा स्टूडेंट्स फेडरेशन द्वारा पब्लिक रैली निकालेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार रैली बिहान एघार बजेबाट आरंभ भएको थियो भने यस रैलीमा फेडरेशनका विभिन्न शाखाहरू लगायत नागा होहो र नेशो (नोर्थ ईष्ट स्टूडेंट्स फेडरेशन ) का कार्यकर्ताहरू पनि उपस्थित थिए ।यस अवसरमा नागालैंड प्रत्येक व्यक्तिको सहभागिता रहेको थियो ।
यसै रैलीमा ‘गो वेक इंडियन आर्मी, वी बंट जस्टिस, रिपिल अफसपा ‘जस्ता नाराहरू लगाउदै हातमा प्लेकार्ड लिएका करीब हजारौंको संख्यामा नागाहरू उपस्थित रहॅदै उनीहरू ओल्ड एमएलए होस्टलबाट राजभवन सम्म पैदल हिडेर राज्यका राज्यपालको हातमा राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको समाचार पनि प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार त्यस ज्ञापनपत्रमा नागालैंडबाट यथाशीघ्र अफसपाको निष्कासन, भारतीय सेनाहरूलाई तुरुन्तै कार्यवाही र नागाहरूको चाँडो राजनीतिक समाधान रहेको छ ।
हेर्दै जाऔ कहिले सम्ममा समस्याको हल होला त्यो त आउने भविष्य नै बताउला ।।
प्रतिक्रिया