Pura Samachar

कांग्रेस केन्द्रीय सदस्यको मतगणना शनिबार १० बजेबाट

प्रकाशित: December 18, 2021
पूरा समाचार

कांग्रेस केन्द्रीय सदस्यको मतगणना शनिबार १० बजेबाट

राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फ मतगणना शनिबारदेखि सुरु हुने भएको छ।

निर्वाचन समितिका अनुसार मतगणना शनिबार बिहान १० बजेदेखि पार्टी कार्यालय सानेपामा सुरु हुनेछ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आइतबार भएको निर्वाचनमा खुलातर्फको केन्द्रीय सदस्यमा ९९ जनाले उम्मेदवारी दिएका थिए।

यसअघि प्रदेश २ को महिला केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी भएकी छन्।

शुक्रबार भएको मतगणनामा २७३१ मत ल्याएर देउवा समूहकी यादव निर्वाचित भएकी हुन्। यादवले शेखर कोइराला समूहकी गीता चौधरीलाई ८४६ मतान्तरले पराजित गरिन्।

चौधरीले १८८५ मत ल्याइन्। यसअघि नै प्रदेश २ को भूगोलतर्फ पुरूषमा देउवा पक्षका आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए।

प्रतिक्रिया