Pura Samachar

पिपुल्स भोलिन्टियर्सद्धारा वीर अस्पतालमा सरसफाई कार्यक्रम (तस्बीरसहित)

प्रकाशित: December 18, 2021
पूरा समाचार

पिपुल्स भोलिन्टियर्सद्धारा वीर अस्पतालमा सरसफाई कार्यक्रम (तस्बीरसहित)

काठमाडौँ – आज (शनिबार) युवा संघको पिपुल्स भोलिन्टियर्स विभागले काठमाडाैँकाे वीर हस्पिटल परिसरमा सरसफाई गरेकाे छ । ‘महिनाको दुई दिन दुई घण्टा मेरो राष्ट्रकालागि’ भन्ने नाराका साथ विभागले आज बिहान ११ बजेदेखी अपरान्ह १ बजेसम्म दुई घण्टा सरसफाई कार्यक्रम आयोजना गरेको हो ।
टिमले यसअअि पनि टिचीङ हस्पिटल ,टियु किर्तीपुर लगायत ठाउँको सर-सफाई कार्यक्रम गरिसकेको पिपुल्स भोलिन्टियर्सका अध्यक्ष शिव श्रेष्ठले नेपालकुरालाई जानकारी दिए।

कार्यक्रममा विभागको तर्फबाट करिब १०० जनाभन्दा बढी व्यक्तिको संलग्नता रहेको थियो भने अगामी दिनहरूमा पनि विभागले यस्ता थुप्रै सामाजिक कार्यहरू समयसापेक्ष गर्दे जाने कुरा श्रेष्ठले बताए ।

प्रतिक्रिया