Pura Samachar

हाम्रो राष्ट्रिय स्वाभिमान महत्वपूर्ण भएकाले यथास्थितिमा एससीसी पास हुँदैन : नेकपा एस

प्रकाशित: December 19, 2021
पूरा समाचार

हाम्रो राष्ट्रिय स्वाभिमान महत्वपूर्ण भएकाले यथास्थितिमा एससीसी पास हुँदैन : नेकपा एस

काठमाडौं ४ पौष । नेकपा एकिकृत सामाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले यथास्थितिमा एमसीसी पास नहुने बताएका छन् । आज भएको पार्टीको छलफलमा यस्तो साझा धारणामा सहमति भएको हो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीका मन्त्री र सांसदहरु सहभागी भएका थिए ।अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता गर्नुपर्ने नेकपा एसको धारणा रहेका छ ।
खतिवडाले अमेरिकाले दिने ४२ अर्ब रुपैयाँभन्दा ठूलो राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थिरता र नेपाली जनताको मनोभावना महत्वपूर्ण भएको बताउँदै उनले भने, ‘अहिलेको अवस्थामा एमसीसी पारित हुँदैन र अमेरिकाले दिने ४२ अर्ब रुपैयाँभन्दा हाम्रो राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता, राजनीतिक स्थिरता र नेपाली जनताको मनोभावना जोगाउनु हाम्रा लागि महत्वपूर्ण कुरा हो, हामी त्यो जोगाउँछौ’।

सर्वदलीय बैठकमा प्रधानमन्त्रीेले प्रस्ताव राखेपनि आफ्नो पाटपर््लृे यसमा अस्विकार गर्ने उनले बताएका छन

प्रतिक्रिया