Pura Samachar

सभापति शेरबहादुर देउवा पक्षको स्पष्ट बहुमत

प्रकाशित: December 20, 2021
पूरा समाचार

सभापति शेरबहादुर देउवा पक्षको स्पष्ट बहुमत

काठमाडौँ — नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको परिणामपछि केन्द्रीय सदस्यको मतगणना जारी छ । जहाँ सभापति शेरबहादुर देउवा पक्षको स्पष्ट बहुमत देखिन थालेको छ । पार्टीमा रुपान्तरणको बहस चुलिएको बेला, खुला केन्द्रीय सदस्यहरुमा देउवा पक्षको दबदबा कायम हुन लागेको यो प्रशंग रोचक पनि छ ।

१४ औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारीमा सभापति शेरबहादुर देउवा मात्रै पुरानो अनुहारबाट थिए । महाधिवेशन प्रतिनिधिहरुको यो छनोट पछि कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको एजेन्डा स्थापित हुने आँकलन गरिएको थियो ।

उपसभापति र महामन्त्रीको परिणामले देउवा कमजोर देखिदा पार्टीमा इतर पक्षका एजेन्डा स्थापित गर्न सहज हुने र विगतकै जस्तो विधि, पद्धतिबाहिर गएर पार्टी नचल्नेविश्वास पनि गरिएको थियो । १३ सदस्यीय पदाधिकारीमा बहुमत सिद्ध गरेका देउवा खुल्ला केन्द्रीय सदस्यको परिणाम आउँदासम्म भारी बहुमतका साथ पार्टी सभापति हुने सम्भावना नजिक छन् ।

प्रतिक्रिया