Pura Samachar

सुर्खेतबाट प्रकाशित हुने पत्रिका कर्णाली प्रदेशसभामा आपूर्ति गर्न नपाइने

प्रकाशित: July 30, 2020

सुर्खेतबाट प्रकाशित हुने पत्रिका कर्णाली प्रदेशसभामा आपूर्ति गर्न नपाइने

काठमाडौं । कर्णाली प्रदेशसभा र प्रदेशसभा सचिवालयले सुर्खेतबाट प्रकाशित हुने पत्रपत्रिकाको आपूर्ति बन्द गरेको छ ।

प्रदेशसभा र प्रदेशसभा सचिवालयले कोरोना भाइरसको महामारीको कारण देखाउँदै सुर्खेतको वीरेन्द्रनगरबाट प्रकशित हुने पत्रपत्रिकाहरुको आपूर्ति बन्द गरेको हो ।

सचिवालयले बुधबार पत्रपत्रिकाहरुलाई पत्राचार गरेर प्रदेशसभा र प्रदेशसभा सचिवालयमा आपूर्ति नगर्न भनेको छ ।

“वीरेन्द्रनगर सुर्खेतबाट प्रकाशन हुने स्थानीय पत्रपत्रिकाहरु यस सचिवालयमा दैनिक रुपमा प्राप्त भइरहेकोमा हाल कोभिड–१९ लाई दृष्टिगत गरी साउन १३ देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्णाली प्रदेशसभा र कर्णाली प्रदेशसभा सचिवालयमा पत्रिका आपूर्ति गर्ने कार्य बन्द भएका हुँदा पत्रिका उपलब्ध नगराइदिन हुन अनुरोध गरिन्छ,” सचिवालयले पत्रिकाहरुलाई गरेको पत्राचारमा भनिएको छ ।

प्रतिक्रिया