Pura Samachar

चिमिनयू, चुमुकेदेमा र न्यूलैंडलाई जिल्लाको दर्जा

प्रकाशित: December 20, 2021
पूरा समाचार

चिमिनयू, चुमुकेदेमा र न्यूलैंडलाई जिल्लाको दर्जा

डा. हरिमोहन पोखरेल
कोहिमा/भारत सरकारको डिलिमिटेसन कमिशनले दिएको गाइडलाइंस मुताबिक चिमिनयू, चुमुकेदेमा र न्यूलैंड सबडिभिजनलाई जिल्लाको दर्जा नागालैंड राज्यको केबिनेटले मंजूरी दिएको समाचार छ ।
प्राप्त समाचार अनुसार लामो समय देखि चिमिनयू सबडिभिजनलाई जिल्लाको दर्जाको माॅग गर्दै गरेको कुरा पनि नौलो नभएको कुरा पनि राज्यको केबिनेटले जनाएको छ ।
यसरी नै न्यूलैंड र चुमुकेदेमा भने सरकारले आफ्नो स्तरमा जिल्लाको दर्जा दिएको हो ।
स्मरण रहोस् राज्यमा धेरै भन्दा धेरै जिल्लाहरूको निर्माण गर्दा सहुलियत र कार्यान्वयनमा सजिलो पर्ने गर्दछ ।त्यसैले सरकारले पनि व्यवस्थामा सुधार ल्याउनको लागि गरेको पहल स्वागत योग्य छ ।

प्रतिक्रिया