Pura Samachar

२४ घण्टामा २९० संक्रमित थपिँदा,३ जनाको मृत्यु

प्रकाशित: December 21, 2021
पूरा समाचार

२४ घण्टामा २९० संक्रमित थपिँदा,३ जनाको मृत्यु

काठमाडौं । नेपालमा हाल देशभर ५ हजार २४२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका हुन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९० संक्रमित थपिँदा २३२ जना निको भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ।

याेसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसी२४ घण्टामा २९० संक्रमित थपिँदाआर विधिबाट भएको परीक्षणमा ८ लाख २६ हजार २०६ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार २१ जना पुगेको छ।

संक्रमितमध्ये हालसम्म ८ लाख ९ हजार ३८७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ५७७ जना पुगेको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया