Pura Samachar

फेरिए सैनिक प्रवक्ता

प्रकाशित: December 22, 2021
पूरा समाचार

फेरिए सैनिक प्रवक्ता

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लव पौडेलको सरुवा भएको छ । उनलाई सेनाको शान्ति सेना निर्देशनालयमा निर्देशकको जिम्मेवारी दिइएको छ ।

पौडेल यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको पालादेखी नै सैनिक प्रवक्ताका रुपमा कार्यरत थिए । उनको समयाअवधी पुगेर सरुवा भएको हो । पौडेल दुई तारे जर्नेल हुने लाइनमा समेत छन् ।

अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रवक्ता नियुक्त गरेका उनी प्रधानसेनापति प्रभुराम शर्मा नियुक्त भएपछि पनि फेरिएका थिएनन् ।

उनको ठाउंमा सैनिक प्रवक्ताको जिम्मेवारी सहाकयरथी नारायण सिलवालले पाएका छन् । सिलवाल २७ बेसिकका सैनिक अधिकृत हुन । उनि हाल बालाजुमा रहेको १ बाहिनीको बाहिनीपतिको जिम्मेवारीमा छन् । उनी केही समयअघिमात्र पाकिस्तानमा नेशनल डिफेन्स कोर्स पुरा गरेका २७ बेसिकका सैनिक अधिकृत हुन् ।

सेनाको प्रवक्ताका रुपमा सहायक रथी पौड्यालले अवकाशप्राप्त प्रधानसेनापति थापा र उनको समूहबाट भएका गल्ती सच्याउने र सेनाभित्र ‘ड्यामेज कन्ट्रोल मेकानिज्म’ मा काम गरिरहेका थिए ।सेनाभित्र करियर भएका अधिकृतका रुपमा परिचित पौड्याल आफ्नो क्षेत्रमा अब्बल मानिन्छन् ।

प्रतिक्रिया