Pura Samachar

नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा मतदान सुरू,

प्रकाशित: December 23, 2021
पूरा समाचार

नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा मतदान सुरू,

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा मतदान सुरू भएको छ।

आज बिहानदेखि जनकपुरस्थित गोपाल धर्मशालामा कडा सुरक्षाबीच मतदान सुरु भएको छ। पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समितिका लागि १ सय ७४ जनाले उम्मेदवारी दिएका थिए।

जसमध्ये ५ जना सदस्य बुधबार नैनिर्विरोध निर्वाचित भएका थिए।

प्रदेशको सभापति पदमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट कृष्णप्रसाद यादव र शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधिनिकट रामसरोज यादव चुनावी मैदानमा रहनुभएको छ ।

उम्मेदवारको मनोनयन भने मंगलबार नै गरिएको थियो।

बुधबार मतदान गर्ने कार्यक्रम रहे पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि मतदान आजका लागि सारिएको हो ।

प्रतिक्रिया